फेरी समाए प्रहरी हवलदार बराईलीले तुलसीपुरबाट २ ब्राउनसुगर कारोवारी

तुलसीपुर
२ पुस / ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी हवलदार देव बराईलीले पुनः दुई जना ब्राउनसुगर कारोवारी समाएका छन् । शुक्रबार पौने ३ बजेतिर लागुऔषध विक्री वितरण गरिरहेको अबस्थामा दुईजनालाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ टिक्रापातुबाट ५७० मिलीग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय नवराज बुढाथोकी र सल्यान बागचौर नगरपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बस्ने २८ बर्षीय डम्बर बहादुर पुनलाई पक्राउ गरिएको हो । पुन तुलसीपुरको सल्यान रोडमा मोटरसाईकल वर्कसप सञ्चालन गर्दै आएका व्यक्ती हुन् ।

प्रहरी हवलदार बराइलीको सक्रियतामा तुलसीपुरमा ब्राउनसुगर कारोवारीलाई नियन्त्रणमा लिने गरिएको छ ।