दाङबाट मास्की मन्त्री बन्दै

दीपक बोहरा
दाङ,१५ वैशाख ।
लुम्बिनी प्रदेश सरकारमा धनबहादुर मास्की(राजेश) मन्त्री बन्ने भएका छन् ।

दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित मास्कीले आज(शुक्रबार) शपथ ग्रहण गर्दैछन् । मास्की जनयुद्धका डिभिजन कमाण्डर हुन् ।


मुख्यमन्त्रीसहित चारजनाले आज शपथ ग्रहण गर्दैछन् । माओवादीबाट मास्की र धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे मन्त्री बन्दैछन् । उनीहरुको मन्त्रालय भने अझै टुंगिएको छैन ।

लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई नियुक्त गरिएको थियो । उनले अहिले केही समयमा सपथ ग्रहण गर्दैछन् ।