तुलसीपुरमा टोलबाटै लैंगिक हिंसा अन्त्य गर्ने प्रयास 

तुलसीपुर, २२ माघ ।
दाङको तुलसीपुर उप–महानगरपालिकाले लैगिक हिंसा तथा कुरितीहरु निवारणकालागि सबै टोललाई  प्रशिक्षण दिएको छ । लैगिंक हिंसा अन्त्य गर्नुका साथै रुढिवादी कुरितीहरुलाई अन्त्य गर्नका लागि टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण प्रदान गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताईन् ।

“समाजमा अझै लैगिंक हिंसा बढिरहेको छ, कुरिती अन्धविश्वास छ”,उनले भनिन् “यसलाई न्यूनिकरण गर्न अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।” विभिन्न तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको हो । त्यस अवसरमा टोलमा हुने लैंगिक हिंसाका विषयमा आफूहरू गम्भीर रहेको संस्थाका पदाधिकारीहरुले बताएका थिए ।


साथै धेरै कानुनी कुराको बारेमा जानकारी नहुँदा पनि कुरीति र लैगिक हिंसा विरुद्ध बोल्न नसकिएको भन्दै अब त्यस्ता कुरामा सचेत हुने उनीहरुको भनाई थियो । टोलमा हुने लैंगिक हिंसा विरुद्ध सम्बन्धित निकायसम्म पु¥याएर न्याय दिने कुरामा टोल विकास संस्थाले भूमिका खेल्नु पर्ने प्रशिक्षक दुर्गालाल केसीले बताए । तालिमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी समेत थिए । साभारः अग्रिम साप्ताहिक