जनतालाई मल दिलाउने ध्यानमा पार्टी लाग्नुपर्छ : पाण्डे

तुलसीपुर, ११ असार । नेकपा एमालेका केन्द्रिय सदस्य घनस्याम पाण्डेले मल र विउविजनको उपलब्धतामा ध्यान दिन नेता कार्यक्रताहरुलाई आग्रह गरे ।

तुलसीपुर नगर कमिटिले आयोजना गरेको जिल्ला कमिटिका पदाधिकारी तथा जिल्ला सदस्यहरुलाई स्वागत सम्मान तथा समसामयिक विषयमा छलफल कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पाण्डेले जनताका जनजिविका संग जोडिन नेता कार्यक्रताहरुलाई आग्रह गरे ।

‘जव सम्म जनताका समस्याहरु समाधान गर्न हामिहरु अग्रसर हुदैनौ । तव सम्म जनताले हामिलाई नेता मान्दैनन् ‘ उनले भने ।


कार्यक्रमलाई सम्बोधन गर्दै निवार्चन आयोगका केन्द्रिय सदस्य हिराचन्द्र केसीले पार्टिका काम र जनताका काम संगसंगै गर्न आग्रह गरे ।

नगर कमिटिका कार्यवहाक अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य छविलाल वली, प्रदेश सदस्यहरु मिलन चौधरी, विनोद शर्मा,टोप बहादुर धर्ति ,जिल्ला अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकि, सचिव स्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगर सचिव रुप बहादुर खत्रीले गरेका थिए ।