
तुलसीपुर, १७ माघ । तुलसीपुर नगर जेसीजले शहीदहरुलाई सम्झिएको छ ।
तुलसीपुर नगर जेसिजका कार्यबाहक अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीको प्रमुख आतिथ्यतामा बुधबार जेसिजचोकमा दिप प्रज्वलन कार्यक्रम गरी सहित दिवस मनाएको हो।
दीप प्रज्वलन कार्यक्रममा डाक्टर खत्रीले सपना देखेर आहुति दिएका शहीदहरूको सपना पूरा गर्नुपर्ने जिम्मेवारी नयाँ पुस्ताको रहेको बताएका थिए। कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष शालिकराम ओलीले सहिदहरूको सम्मान गर्नुपर्ने बताए ।
निवर्तमान अध्यक्ष पूर्ण विक्रम डाँगीले सहीदहरुको योग्दानले नै मुलुक यो स्थानमा पुगेको बताएका थिए । कार्यक्रम संयोजक धिरज बस्नेतले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए।



लाइभदाङ । १७ माघ २०८१, बिहीबार ११:०४ बजे