नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा चार जनाको उम्मेदवारी

तुलसीपुर, १६ माघ ।
नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष मोहन थापा, निवर्तमान उपाध्यक्ष तुलराम भण्डारी बारुद, विष्णु चौधरी र घनश्याम डाँगीको अध्यक्षमा उम्मेदवारी परेको छ ।

त्यस्तै उपाध्यक्षमा अमर नेपाली माइकल भीम चौधरी र मिनराज ओलीको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्ष ईश्वरादेवी रोका, विन्दू खड्का, पदमा कडेँल, माया पुनको उम्मेदवारी परेको छ ।


त्यस्तै सचिबमा सशिकिरण ढकालको मात्रै उम्मेदवारी परेको छ । सहसचिबमा मदन प्रकाश हमाल र प्रकाश वली, कोषाध्यक्षमा बालिका बुढाथोकीको उम्मेदवारी परेको छ । मंगलबार ६८ सदस्यकालागि निर्वाचन भएको हो । ति सदस्यबाट पदाधिकारीको निर्वाचन हुँदैछ । निर्वाचन विहीबार हुनेछ ।