तुलसीपुरमा घरको छतबाट खस्दा बालक घाइते

दाङ, २ कात्तिक ।
तुलसीपुरमा घरको छतबाट खस्दा बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा आज बिहान साढे ८ बजेतिर जीवना डाँगीका २ वर्षका छोरा किरण डाँगी आफ्नै एकतले घरको छतमा खेल्ने क्रममा खसेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार बालकको टाउकोमा भित्री चोट लागेको छ ।


घाइते बालकलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।