दाङ उवासंघको निर्वाचन: २ हजार ३ सय ५७ मत खस्यो

घोराही,१३ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । आज शनिबार सम्पन्न भएको निर्वाचनमा  २ हजार ३ सय ५७ मत खसेको छ   । संघमा ३ हजार ३ सय ५८ जना मतदाताहरु रहेका छन्  ।

नेतृत्व चयन गर्नका लागि २ प्यानबीच  प्रतिस्पर्धा रहेको  रहने छ ।   घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको उवासंको  बहुउदेशीय सभा हलमा बिहान  ८: ४० बाट सुरुभएको मतदान बेलुका ५ बजेसम्म चलेको  थियो ।


निर्वाचन स्थलमा मतदानका लागि ६ वटा वुथ राखिएको थियो ।  दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचन मार्फत २० जना निर्वाचित हुने छन् ।