सितलपुरको तल्लो सडकमा नाला बन्दै

तुलसीपुर,२९ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को शितलपुरमा नाला निर्माण सुरु भएको छ ।

तल्लो सितलपुर सडकमा नाला निर्माण हुन लागेको हो । वडाको १० लाख बजेटमा नाला निर्माण सुरु भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार सोही ठाउँमा एक सय ३० मिटर नाला निर्माण हुन लागेको हो ।

नालासंगै कल्भर्ट पनि निर्माण भएको छ । कल्भर्ट निर्माण भएपछि आवतजावतमा सहज हुने स्थानीय मनकला खत्रीले बताईन् । उनका अनुसार बर्षादमा कल्भर्ट नहुँदा आवतजावतमा निकै समस्या हुन्थ्यो ।


गाडी वारपार गर्न पनि निकै कठीन हुन्थ्यो । तर, अब त्यो समस्या हट्ने उनको भनाई छ ।“बर्षादमा गाडी आवतजावत गर्न पनि समस्या हुन्थ्यो”,उनले भनिन्“तर, अब त्यो समस्या हट्नेछ ।”