
घोराही, २८ पुस ।
गुरुकुल एकेडेमी लमहीमा पनि विद्यार्थीहरुको लागि स्केट पार्क सञ्चालनमा आएको छ । विभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ ।
सफलताको खुट्किलो संगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमहि र तुलसीपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थिहरुको लागि अत्यधिक सेवा सुविधा दिदै आएको विद्यालयले एक पछि अर्को सुविधा दिदै आएको छ । यसै अवसरमा गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थिहरुको लागि निःशुल्क स्केट पार्क संचालनमा ल्याएको हो ।
दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको । मनोञ्जनको लागि विद्यार्थिहरु ब्यबसायिक रुपमा खोलीएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थिहरुको लागि हटेको विद्यालयको भनाई छ ।
पढाई संगै अन्य अतिरीक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थिहरुको सर्वाङ्गिन विकास गर्ने उद्धेश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले जानकारी दिनुभयो । गुरुकुल एकेडेमी लमहीमा स्केटपार्क संचालनमा आउनु विद्यार्थिहरुको लागि सुखद र फाइदाजनक कार्य रहेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका ठकुरीले पार्कको उद्धटन गर्दै यस्तो बताउनुभएको हो । “आगामि दिनमा गुरुकुलमा अध्ययन गर्ने विद्यालर्थिहरुले स्केट पार्कमा निःशुल्क रुपमा प्रयोग गरी यसबाट मनोरञ्जन लिन सक्नेछन ,” ठकुरीले भन्नुभयो साथै विद्यालयले यहि माघ २१ गते सरस्वति पुजाको अवसरमा निःशुल्क भर्ना समेत खोलेको छ । सिमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालीकाहरुको भर्ना गरी शैक्षिक संगै अतिरीक्त कृयाकलाप तथा ब्यबहारीक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी तुलसीपुरले पनि विद्यार्थिहरुको लागि स्केटपार्कको सुविधा थप गरी यस अघिनै संचालनमा ल्याएको छ ।



लाइभदाङ । २८ पुष २०८१, आईतवार ०९:४५ बजे