
तुलसीपुर, २६ पुस ।
माध्यमिक विद्यालय दोघरे दाङमा नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई बधाई तथा स्वागत गरिएको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक सुनिता यादवले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नवनिर्वाचित टिमको अध्यक्षमा गोविन्द गिरी, सदस्यमा रेखा घर्ती, जेनिसा राणा, लक्ष्मी परियार तथा चन्दादाताबाट सदस्यमा समाजसेवी ओजबहादुर खड्का, शिक्षाप्रेमी तथा चन्दादातामा रेणु शाह, शिक्षक प्रतिनिधिमा खुमराज केसी र सदस्य सचिवमा सुनिता यादव रहनुभएको छ ।
यसैगरी सल्लाहकारहरूमा विद्यालयलाई लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका मुक्तिप्रसाद न्यौपाने, कृष्णप्रसाद भुसाल, सुशिला डाँगी, नरबहादुर डाँगी र टिकाराम रेग्मी रहनुभएको छ ।
त्यसैगरी शिक्षक अभिभावक संघतर्फ अध्यक्षमा अब्दुल हमित अन्सारी र सदस्यहरूमा भीमबहादुर रोका, गीताकुमारी चौधरी, चेतना डाँगी, दिपा शाह, संगीता ओली, डिला बाठा,कविता परियार,हरिमाया बुढा, पविता चौधरी, शान्ता चन्द र शिक्षक प्रतिनिधिको तर्फबाट कृष्णप्रसाद शर्मा रहनुभएको छ।
नवनिर्वाचित समितिलाई माला र टीका लगाएर सम्मान गरिएको थियो। उक्त कार्यक्रममा नरबहादुर डाँगी, मुक्तिप्रसाद न्यौपाने, कृष्णप्रसाद भुसाल, गोविन्द गिरी,ओजबहादुर खड्का, घनश्याम ढकाल लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सुनिता यादवबाट आफ्नो मन्तव्यसहित कार्यक्रम समापन भएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तथा नवनियुक्त सुचना अधिकारी मेघराज पोखरेलले गर्नुभएको थियो।



लाइभदाङ । २६ पुष २०८१, शुक्रबार २०:०३ बजे