दाङमा चलचित्र निर्माण कार्यशाला हुने

दाङ, २९ मंसिर ।

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ ।
पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म आयोजना गरिने कार्यशालाका प्रशिक्षकहरुमा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दिपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधान हुनुहुन्छ ।


५ दिने कार्याशालामा पटकथा लेखन, निर्देशन, छायांकन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले बताउनु भयो ।
ूमोफसलमा रहेका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक एवं सार्थक चलचित्र निर्माणको वातावरण बनाउन यो कार्यशाला निकै महत्त्वपूर्ण हुने विश्वास लिएको छु ।ू चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले बताउनु भयो ।