तुलसीपुर ४ को स्वास्थ्य शिविरबाट दुई सय बढिले लिए सेवा

तुलसीपुर, १७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ मा भएको स्वास्थ्य शिविरबाट दुई सय बढिले सेवा लिएका छन् ।

नेपाल क्यानडा टुरिजम कल्चर एण्ड ट्रेड तथा भिजन किवानिज क्लब अफ नेपालको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

हलवार स्वास्थ्य चौकीमा भएको जनरल फिजिसियन, स्त्रीरोग तथा दन्तरोग सम्बन्धि २ सय १३ जनाले सेवा लिएका छन् । जसमा स्त्रीरोग ५८, जनरल फिजिसिएन १२२ र दन्तसम्बन्धि ३३ जनाले सेवा लिएको भिजन किवानिज क्लब अफ दाङका अध्यक्ष सर्मिला केसीले बताईन् । मंगलबार र बुधबार शिविर चलेको थियो ।


उनका अनुसार जनरल फिजिसियन डा. सुरेन्द्र विक्रम बस्नेत, दन्तरोग विशेषज्ञ डा.दिया न्यौपाने, तथा स्त्रीरोग विशेषज्ञ डा. बिना श्रेष्ठले विरामीको जाँच गरेका थिए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी,वडाध्यक्ष तुलसी थापालगायतकाे सहभागिता रहेको थियो । हलवार स्वास्थ्य चौकीले शिविरको समयोजन गरेको थियो ।

यस अघि बबई गाउँपालिका र तुलसीपुर १२ मा निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । अब तुलसीपुर १४ र बंगलाचुली गाउँपालिकामा शिविर गर्ने तयारी छ ।