जन्मदिनमा कुर्सी सहयोग

तुलसीपुर, १६ पुस । जन्मदिनमा तुलसीपुर ९ निवासी मदन प्रकाश हमालले माओवादी केन्द्र(तुलसीपुर) कमिटिलाई कुर्सी सहयोग गरेका छन् ।

सोमबार परेको जन्मदिनमा पार्टीका निवर्तमान ९ नम्बर वडा अध्यक्ष समेत रहेका हमालले ५ वटा कुर्सी सहयोग गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा यसरी सामाजिक काममा लगाउनु पर्ने भन्दै कुर्सी सहयोग गरिएको उनको भनाई छ ।
सोही अवरमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारीले ५ वटा, नगर इन्चार्ज डिल्ली अधिकारीले १० वटा, नगर अध्यक्ष माेहन थापाले ५ वटा, प्रदेश सदस्य सीता वलीले ५ वटा कुर्सी सहयोग गरेका थिए ।


यस अघि पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले कम्प्युटर, केन्द्रीय सदस्य तथा प्रदेशभा सदस्य धनबहादुर मास्की‘राजेश’ले ३० वटा कुर्सी, विन्दू खड्काले ५ वटा, जय पुनले १० वटा, घनश्यम डाँगीले २ वटा, शरण जीएमले एउटा टेवल, भिम चौधरीले एउटा टेबल, जितबहादुर थापाले एउटा दराज, बालिका बुढाथोकीले २ वटा पंखा र आजाद खड्काले फाईल ब्यबस्थापन सामग्री सहयोग गरेका थिए ।