
तुलसीपुर, १४ पुस । लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्रोत साधनका हिसाबले धनी देश नेपाललाई आर्थिक रुपमा कमजोर पारिएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र तुलसीपुर ४ को तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका मास्कीले स्रोत साधनको प्रयोग गरेर आर्थिक आम्दानी गर्नुपर्नेमा त्यस्तो गर्न नसकेको बताए ।“ स्रोत साधनका हिसाबले नेपाल गरीब छैन्, सगररमाथाको देश, हिमालै हिमालको देश, बनजंगलको देश । पानीको झन दोस्रो ठूलो राष्ट्र हो ।”, उनले भने“यस्तो देशमा हामी गरीब छौं । स्रोत साधनको प्रयोग गरी आम्दानी गर्न सकेका छैनन् । समृद्धिको यात्रामा अगाडी बढाउन, देशलाई धनी बनाउन शुसानको आबश्यकता छ ।”
प्रचण्ड नेतृत्वको सरकारले शुसासन मार्फत सामाजिक न्याय, समृद्धिको सपना देखेर अभियान थाल्दा सरकार नै ढालेको समेत उनले बताए । भ्रष्टाचारमा लिप्त भएका कुनै पनि राजनीतिक दल, कर्मचारी तन्त्र, ब्यापारीहरुलाई अनुसन्धानमा तान्दा सरकार नै ढल्नु पर्ने अबस्थामा पुगेको उनको भनाई थियो ।
त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारी, प्रदेश कमिटि सदस्य प्रेमराज वली‘प्रभात’, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारी, प्रदेश कमिटि सदस्य सीता वली, तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैबीच जीत बहादुर थापाको नेतृत्वमा पार्टीको वडा कमिटि निर्माण गरिएको छ । २५ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।
शहीद परिवारलाई ‘थर्मस’
त्यस्तै वडाका शहीद परिवारलाई थर्मस वितरण गरिएको छ । वडा भित्रका ११ जना शहीद परिवारलाई थर्मस विरतण गरिएको हो ।
शहीदहरुको योग्दानले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भई कार्यान्वयनको चरणमा रहेको भन्दै परिवारलाई सम्मान गरिएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले उहाँहरुलाई थर्मस दिएर सम्मान गरेका हुन् ।



लाइभदाङ । १४ पुष २०८१, आईतवार १०:१२ बजे