तुलसीपुर-९ मा कांग्रेसका ढकाल बिजयी, ७ मा जिसी

दाङ, ८ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा न. ९ मा नेपाली कांग्रेसका घनश्याम ढकाल बिजयी भएका छन । उनले १ हजार ९ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनले प्रतिस्पर्धी एमालेका बामदेव न्यौपानेलाई २३ मतान्तर पछि पारेका छन । न्यौपानेले ९ सय ८६ मत प्राप्त गरेका छन । वडा नं. ९ मा एमालेका महिला सदस्य बसन्ता केसीले १ हजार १ सय ९९,दलित महिला सदस्य दिलकुमारी दमाईले ११९४,सदस्य झुपलाल खत्रीले १०८८ र सदस्य गोपाल भण्डारीले १०६६ मत प्राप्त गर्दै बिजयी भएका छन ।


यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को अध्यक्षमा कांग्रेसका रामबहादुर जिसि विजयी भएका छन । उनले २४०५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि एमालेका डिल्लीराज भण्डारीले १७९२ मत प्राप्त गरेका छन । जिसिले भण्डारीलाइ ६१३ मतले पछि पार्दै विजयी भएका हुन । उनी २०७४ को निर्वाचनमा सदस्यमा विजयी भएका थिए । यस्तै कांग्रेसबाट खुल्ला सदस्यमा शोभाराम भण्डारीले १९२७, दलित महिला सदस्य डिला विश्वकर्माले १९१८मत प्राप्त गर्दै विजयी भएका छन । वडामा एमालेबाट दुई सदस्य निर्वाचित भएका छन । एमालेको तर्फवाट खुल्ला सदस्यमा मानवहादुर रानाले २०५८ र महिला सदस्यमा दिवानि चौधरीले १८७६ मत प्राप्त गर्दै विजयी भएकी छिन् ।