तुलसीपुर, ६ पुस ।
२३ मंसिर२०८१ मा पूर्ण विक्रम डाँगीको नेतृत्वमा तुलसीपुर नगर जेसिजको नयाँ कार्यसमिति चयन भयो। वर्ष २०२३÷०२४ का लागि नेतृत्व चयन गरेपछि प्राप्त भएको जिम्मेवारी डाँगीले भरपूर प्रयोग गरे । फलस्वरुप एक बर्षको कार्यकालमा प्रत्येक महिनामा उत्कृष्ट शाखाका रुपमा जेसिज तुलसीपुरलाई उभ्याए । महिनाभर गरेका गतिबिधि र, त्यसले पारेका प्रभाबका आधारमा जेसिज तुलसीपुर प्रत्येक महिना उत्कृष्ट हुन सफल भयो । प्रत्येक महिना नयाँ–नयाँ कार्यक्रमले नै उत्कृष्ट भयो । गरीब बालबालिकालाई न्यानो कपडा वितरणदेखि विकटका जनताको स्वास्थ्य सेवामा समेत जेसिजले भूमिका खेल्यो ।
दाङकै विकट क्षेत्र बबई गाउँपालिका वडा नं.७ मा स्वास्थ्य शिविर भयो । लामो समय रोग पालेर बस्नेहरुकाागि त्यो शिविर बरदान नै सावित भयो । महाशिव रात्रीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरदेखि कृष्ण जन्माष्टमीमा कृष्ण मन्दिरमा स्वास्थ्य सहायता कक्ष समेत स्थापना गरि सेवा समेत प्रदान ग¥यो।
युवाहरु संगठित जेसिजले युवाहरुको नेतृत्व विकासकलागि समेत तालिम दियो । त्यति मात्रै होईन्, समय ब्यबस्थापन कसरी गर्ने भन्ने कुरा पनि सिकायो भने बहुशाखा अफिसर समेतको तालिमले धेरैलाई लाभाम्बित बनायो ।
तालिमका क्षेत्रमा मात्रै होईन्, दुर्घटना न्यूनिकरणकालागि ट्राफिक सचेतना कार्यक्रम समेत ग¥यो । त्यसले जेब्रा क्रस कसरी गर्ने, दुर्घटना न्यूनिकरण कसरी गर्न सकिन्छ, भन्ने कुराको समेत ज्ञान दियो ।
एक बर्षमा ३० भन्दा बढि कार्यक्रम गरेको जेसिजले वातावरण संरक्षणमा पनि उत्तिकै टेवा पु¥याएको छ । तुलसीपुर ९ स्थित सामुदायिक वनमा बृक्षरोपन गरेको छ । विश्व वातावरण दिवसको अवसरमा उक्त कार्य भयो ।
जेसिजले कुनै दिवस वा कुनै बिशेष दिनमा कुनै न कुनै सचेतनामुलुक तथा उपलब्धीमुलक कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय योग दिवसको योग शिविर कार्यक्रम ग¥यो । त्यति मात्रै होईन, कुशे औशीको अवसरमा जेसिजमा आबद्ध सदस्यहरुका बुवालाई बोलाएर सम्मान पनि ग¥यो । त्यो कार्यक्रमले निकै चर्चा पनि पायो ।
पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग बढेको छ । त्यसले मानिसको जीवनमा निकै असर गरिरहेको छ । यसलाई पनि न्यूकिरण गर्न सरोकारवालाहरुलाई बेलाएर अन्तरक्रिया कार्यक्रम ग¥यो, भने अनुचित लेनदेनमा देखिएको समस्याका विषयमा पनि समाधान खोज्न कार्यक्रम ग¥यो । त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुर मार्फत कैदीबन्दीहलाई उत्प्रेरणात्मक पुस्तक समेत हस्तान्तरण ग¥यो ।
जेसिजले विकासमा पनि त्यतिकै चासो दियो । पश्चिम दाङका तीन वटै तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई एउटै मञ्चमा सहभागि बनाएर जवाफदेही बनायो । जनप्रतिनिधिलाई जवाफदेही मात्रै बनाएर आफै पनि विकास निर्माणमा जोडियो । तुलसीपुरको अरनीको खेलकूद मैदानमा शौचालय नभएपछि चौतर्फी विरोध हुने गरेको अबस्थामा जेसिज आफैले उक्त शौचालय निर्माणमा जुट्यो । अहिले उक्त शौचालय निर्माणको कार्य भइरहेको छ ।
त्यस्तै जेसिजले सार्वजनिक धारा पनि निर्माण ग¥यो । तुलसीपुर बसपार्क क्षेत्रमा सार्वजनिक धारा नहुँदा प्यास लागेका वटुवा होस्, वा किनमेल गर्न आएकाहरुलाई निकै समस्या थियो । अहिले त्यो समस्या टरेर गएको छ ।
त्यस्तै जेसिस सचिवालयसम्म पुग्न पक्की सडक निर्माण गर्नुकासाथै आफै कोदालोले चार किलोमिटर बाटो खन्ने तुलसीपुर ३ का चन्द्रविरलाई सम्मान समेत ग¥यो ।
आर्थिक अबस्था कम्जोर भएकाहरुको अबस्थालाई पनि ध्यान राख्दै जेसिज तुलसीपुरले अतिविपन्न तथा गरीब विद्यार्थीहरुलाई विद्यालयमै पुगेर न्यानो कपडा वितरण ग¥यो ।
त्यस्तै शहीदहरूको सम्झनामा दीप प्रज्लन कार्यक्रम तथा होली मिलन कार्यक्रम पनि भए । विद्यार्थीहरुको क्षमता विस्तारमा पनि जेसिजले उत्तिकै भूमिका खेल्यो । विद्यालय स्तरीय बतृत्वकला, फुटसल, हाँजिरीजवाफलगायतका प्रतियोगिता पनि भए ।
जेसिजका नियमित कार्यक्रम त छदैछन् । पदहस्तान्तरण तथा पुरस्कार वितरण, नपाल जेसिजको स्थापना दिवसको अवसरमा सम्मान तथा सहयोग कार्यक्रम, रगत अभाब न्यूनिकरण गर्न ब्लड ग्रुप रिन्यु तथा रक्तदान कार्यक्रम भए, भने पर्यटन प्रबद्र्धन गर्नकालागि जेसिज बार्टिका निर्माण समेत भयो । मानव जीवनसंग जोडिएका यस्तै कार्यक्रमले नै जेसिज तुलसीपुर प्रत्येक महिना उत्कृष्ट भयो ।
लाइभदाङ । ६ पुष २०८१, शनिबार १२:५४ बजे