
सल्यान, २४ मंसिर ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी चालक दाङको तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीको थर्कुडाँडा घर भएका २८ वर्षीय अनिल विकको मृत्यु भएको हो ।
आज कालिमाटी गाउँपालिका–१ बाँसखोला नजिकै से १ च ५९५१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
बाँसखोला नजिकै साँघुरो घुम्तीमा घुमाउने क्रममा ट्याक्टरदुर्घटना भएको र चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाुबराम बस्नेतले बताउनुभयो ।



लाइभदाङ । २४ मंसिर २०८१, सोमबार १८:०८ बजे