ज्ञान दीपकी पुष्पा लुम्बिनीमै प्रथम भएको दावी

तुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले लुम्बिनी प्रदेश प्रथम भएको दावी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो वर्षकाे नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएको दावी गरेको हो ।


बिबिएस चौथो वर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिए । त्यस्तै भण्डारी सहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।