विएएमएसका विद्यार्थीहरुलाई स्वागत तथा विदाई

तुलसीपुर
१२ पुस / नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा विएएमएस नवौं व्याजका विद्यार्थीलाई स्वागत तथा चौथो व्याजका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।

आज आठौं र पाँचौं व्याजका विद्यार्थीहरुले संयुक्त कार्यक्रम गरि विदाई तथा स्वागत कार्यक्रम गरेका हुन् । विएएमएसमा अध्ययनरत पाँचौं व्याजका विद्यार्थी सुरेश पुनको अध्यक्षता तथा विश्वविद्यालयका आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सञ्जय पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा उनले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए । त्यस अवसरमा बिशिष्ट अतिथि संंस्थानका सहायक डिन डा. राजेश्वर अर्याल, विद्यापीठका प्रचार्य डा.मङ्गलाकान्त झा, डा. महेन्द्र प्रसाद यादव, डा. सुरेन्द्र चौधरी,डा. प्रवीन झा,डा. लक्ष्मीश्वर मण्डल,डा.प्रतिक्षा मज्गैया, डा. सिर्जना केसी, क्याम्पसका प्रशासन प्रमुख अनिल पोखरेललगायतको सहभागिता थियो ।


त्यस्तै द हिमालय ड्रग कम्पनीका ज्ञानेन्द्र बञ्जाडे, भास्कर हर्वास्युटिकल्सको तर्फबाट शिवप्रसाद न्यौपाने, ग्रेस फर्मास्युटिकल्सका सन्तोष ठाकुर, सीता आयुर्वेद फर्माका अनिल कर्णको पनि सहभागिता रहेको थियो ।

विएएमएसका आठौं व्याजका विद्यार्थी नागेन्द्र गुप्ताले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आठौं व्याजका विद्यार्थी श्रीधर गौतम, आठौ व्याजका रेश्मी राणा, सृष्टि चौधरी, तितिक्षा भट्टराईले गरेका थिए ।