तुलसीपुर, १९ मङ्सिर । जीर्ण रहेको राप्ती लोकमार्ग मर्मतको काम सुरु भएको छ ।
दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोटसम्मको सडक एकदमै जीर्ण छ । आवतजावत गर्न निकै कठीन छ ।
सोही क्षेत्रको सडक मर्मत गर्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले बताए ।
सोही सडक मर्मतकालागि सोमबादेखि दैनिक ५ घन्टा बन्द गर्ने गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने गरिएको उनले बताए ।
उक्त सडक बन्द भएपछि साना सवारीहरु कपुरकोट–किमुचौर–सातवास– पैयाखोला हुँदै आवतजावत गर्ने गरेका छन् ।
लाइभदाङ । १९ मंसिर २०८१, बुधबार ०७:३२ बजे