तुलसीपुर, १८ मंसिर ।
दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरु भएको छ । सडकबीचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुने छ । त्यसकालागि शारदा निर्माण सेवासंग २ करोड १२ लाख ६४ हजार रुपैयाँमा सम्झौता भएको छ । बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ ।
यस अघि पुल नहुँदा वर्षादमा पानीको वहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो । तर,अब त्यो समस्या हट्ने अपेक्षा लिइएको छ । साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणकालागि सोही निर्माण कम्पनीसंग सम्झौता भएको छ । बहुलाखोलाको काम भने सुरु भएको छैन । गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नु पर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिश कुमार अर्यालले बताए ।
पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुने गरि बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनकालागि आफू लागिरहेको लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताए । उनले पश्चिम दाङको सडक तथा पुलहरूकालागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट विनियोजन गरेको भन्दै त्यको कार्यान्वयनको विषयमा पनि पटक–पटक अनुगमन गरिरहेको उनको भनाई छ ।
अहिले सम्झौता गरेर काम गर्नुपर्ने भएपनि प्रयाप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताए । उनका अनुसार अहिले पनि ७५ करोड बढि कार्यालयको दायित्व तिर्न बाँकी छ । तर, अहिले बजेट १० करोड मात्रै आएको भन्दै त्यसले नपुग्ने उनले बताए । अग्रिम साप्ताहिक
लाइभदाङ । १८ मंसिर २०८१, मंगलवार ०९:३८ बजे