तुलसीपुर कारागारबाट भागे कैदी

तुलसीपुर, २४ भदौ । दाङको तुलसीपुर कारागारका एक सय २४ कैदी जेल तोडेर भागेका छन् ।
मंगलबार बेलुकी पाँच बजेतिर कारागारको मुल गेटको पर्खाल तोडेर उनीहरू भागेका हुन । जेन–जीको आन्दोलन हुँदै गर्दा भित्र कैदीहरुले पनि हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाइ फायर गरेको थियो। गेटमा पनि नेपाली सेनाका तीन वटा गाडी तयारी गरिएको थियो । तर, उनीहरु त्यसका बाबजुत पनि भाग्न सफल भएको कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए।


एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदीबन्दीमध्ये एक सय २४ जना जेल तोडेर भागेपनि ५५ जना भने नभागेको उनले बताए।