कीर्तिपुर अपडेट : कांग्रेसले मतान्तर बढाएर एक हजार पुर्‍यायो, दुई वडाको गणना बाँकी

काठमाडौं, १७ मंसिर ।
कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार उनले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार कीर्तिपुरका आठ वटा वडाको गणना सकिएको । १० वटा वडा रहेको यस नगरपालिकाको अब दुई वटा वडामात्रै गणना गर्न बाँकी रहेको कार्कीले बताइन् ।


यसअघि आयोगले दिएको विवरणमा कांग्रेसका डंगोल एमाले उम्मेदवार मानन्धरभन्दा ६ सय ५९ मतले अगाडि थिए । उक्त मतान्तरलाई बढाउँदै डंगोलले अहिले एक हजार पुर्‍याएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा।डा। शिवशरण महर्जनले २ हजार ७ सय ४० मत प्राप्त गरेका छन् ।

केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् । राजमानलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।