तुलसीपुर, ८ मंसिर । माओवादी केन्द्र तुलसीपुर ६ को अध्यक्षमा पुनः विरेन्द्र बुढामगर(हिमाल)लाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको दोस्रो सम्मेलनले हिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कुलबहादुर बस्नेत, सचिबमा अर्जुननाथ योगी, सहसचिबमा शुष्मा चौधरी,कोषाध्यक्षमा प्रेम कुवँरलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा माया डीसी, विरसिंह घर्ती क्षेत्री, बलबहादुर वली, तिलकराज केसी,दिलबहादुर बुढा, निराजन केसीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमै शुसाङ्क बस्नेत,सागर घर्ती मगर,सरिता सुनार, आशकुमार बुढा, पुष्पा खातुन, सुनिता परियार, सुमित्रा योगी र मुस्कान घर्ती मगरलाई चयन गरिएको छ ।
त्यस्तै १० जना नगर प्रतिनिधि समेत चयन गरिएको छ । अमर नेपाली(माईकल) सीताराम शर्मा, हेविन्द्र शाही, बालिका बुढाथोकी, गोकुल चौधरी, उदयबहादुर विश्वकर्मा, अमर विक, ओजबादुर विक, ललित बुढामगर र बेलमति विकलाई नगर प्रतिनिधिमा चयन गरिएको छ ।
अध्यक्ष हिमालको अध्यक्षता तथा केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कुवेर ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा विशिष्ट अतिथि केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी, लेखा आयोगका सदस्य रामबहादुर दहित, क्षेत्र नं.३ का सहइन्चार्ज प्रेमराज वली, प्रदेश कमिटि सदस्य खेमराज वली, तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारी, सहइन्चार्ज चित्रबहादुर खड्का(अनुपम), प्रदेश कमिटि सदस्य खुसीराम चौधरी, पार्टीका नगर अध्यक्ष मोहन थापालगायतले पार्टीले गरेका कामले जनताको मन जितेको भन्दै यसलाई वडा कमिटिहरुले ध्यान दिएर लाग्नु पर्ने बताएका थिए ।
जनताको पक्षमा पार्टीले गरेको योग्दानको अहलिे मूल्यांकन भएको बक्ताहरुको भनाई थियो । अर्जुननाथ योगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण अमर विकले गरेका थिए ।
लाइभदाङ । ८ मंसिर २०८१, शनिबार २०:४० बजे