प्रेमबहादुर राम्जा
दाङ, ३ मंसिर ।
लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिंचाई आयोजनाहरुको अनुगमन गर्नुभएको छ । मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिंचाई आयोजनाको अनुगमन गर्नुभएको हो ।
बर्षाको समयमा क्षति भएका र प्रदेश सरकार मार्फत् निर्माण थालिएका विभिन्न सिंचाई आयोजनाको अनुगमन गर्नुभएको हो । अनुगमन गर्दै मन्त्री चौधरीले सिंचाई आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री चौधरीले बबई ५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिंचाई जल उपभोक्ता समुहको कुलो, बबरपुर सिंचाई कुलो, च्याटीखोला पुर्ब हापुरे सिंचाई कुलो र बबई ७ मा रहेको मठेउरी सिंचाई कुलोको अनुगमन गर्नुभएको हो ।
चार वटा कुलाले सयौँ बिगाहा जग्गामा सिंचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिंचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिचाई पु¥याउने लक्ष्य लिएको बताउँदै मन्त्री चौधरीले बबईमा रहेका ठूलो सिंचाई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
अनुगमनका क्रममा जलस्रोत तथा सिंचाई डिभीजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पुर्ब अध्यक्ष भुबनेश्वर पौडेल, बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, नोखी डाँगीलगायत स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियो ।
लाइभदाङ । ३ मंसिर २०८१, सोमबार १६:३५ बजे