स्थापना दिवसका अवसरमा कलश सहकारी संस्थाद्धारा रक्तदान

दाङ, १६ कार्तिक ।
 दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आज बिहिवार रक्तदान गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक र शेयर सदस्य गरी १० जनाले रक्तदान गरेका छन ।
कलश बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिका संयोजक केशव रिजालको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी रक्तदानको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाले सामाजिक सेवामा टेवा पू¥याउने उद्देश्य र जिल्लामा रगतको आपूर्तिको सहजताका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका छन । कार्यक्रममा बोल्दै रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले आज गरिएको रक्तदानबाट अहिले आवश्यक पर्ने रगतको आपूर्तिका लागि सहज भएको बताउनुभयो ।
कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्मा, सचिव बिमल योगी,सञ्चालकहरु इश्वरीप्रसाद आचार्य, श्रीकान्त अधिकारी, शिक्षा उपसमितिका  संयोजक केशव रिजाल, लेखा समितिका संयोजक गेहेन्द्र बस्नेत, शेयर सदस्यहरु शालिकराम खनाल, लक्ष्मण शर्मा र सुरेन्द्र सुवेदी, संस्थाका ब्यवस्थापक प्रकश अधिकारीले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।