दाङ ट्याक्टर तथा यातायात ढुवानी सेवा प्रालीको प्रथम साधारणसभा तथा अधिवेशन

दाङ, ९ बैशाख ।
दाङ ट्याक्टर तथा यातायात ढुवानी सेवा प्रालीको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । प्रा.लीका अध्यक्ष चिन्ता मणि आचार्य तथा संस्थाका संस्थापक अध्यक्ष ओम प्रकाश गुप्ताको प्रमुख आथित्य संस्थापक सदस्य चिरञ्जीवी रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रालिका प्रशासनिक संयोजक दोर्ण प्रसाद देबकोटा, लेखा समिति संयोजक र मेघराज घिमिरेले प्रस्तुत गर्नु भएको प्रतिबेदन सर्बसम्बत रुपमा पारित गरिएको थियो भने ।आगामी कार्यकालका लागि चिन्ता मणि आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती गठन गरिएको छ ।

अधिवेशनमा प्रमुख अथिती ओम प्रकाश गुप्ता , विशिष्ट अतिथि चिरञ्जीवी रिजाल , सञ्चालक समिति सदस्य बिमल रिजाल, प्रेम बिक, पुस्पराज गिरी, बिजय केसी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रशासनिक संयोजक दोर्ण प्रसाद देबकोटाले गर्नु भएको थियो ।