खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार : मेयर खड्का

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खानेपानी समस्या समाधानकालागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले तुलसीपुर उपमहानगरपालिका स्तरिय भेलालाई सम्बोधन गर्नुहुँदै मेयर खड्काले खानेपानी समस्या समाधानकालागि स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताउनुभयो ।
‘खानेपानीको समस्या विकराल बन्दै छ ।’ मेयर पाण्डेले भन्नुभयो,‘समस्या समाधानकालागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’खानेपानीको मुहान संरक्षण गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले जंगल फडानी र आगलागी नै खानेपानीका मुहान सुक्नुको कारण भएको बताउनुभयो ।
जंगल फडानी र आगलागी रोक्ने दायित्व नागरिको भएको उहाँको भनाई छ । उहाँले बर्खाको पानी संचित गरी ड्याम निर्माण गर्नुपर्ने बताउनुभयो । खानेपानीका संस्था आवश्यक भन्दा बढी भएको भन्दै उहाँले मर्ज गरेर एकिकृत योजना निर्माण गर्न सकिने बताउनुभयो ।
डिभिजन खानेपानी कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानीको लागी अधुरा साना साना योजना भन्दा अब ठुला योजना ल्याइ दीर्घकालीन रुपमा लग्नु पर्ने बताउनु भएको छ ।
तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले स्थानीय तहले पनि खानेपानीका लागी गम्भीर बन्न आग्रह गर्नु भएको छ । स्थानीय तहले अहिलेसम्म पनि खानेपानीको लागि बजेट निकासा गरेको देखियको छैन अब यसमा ध्यान दिन आग्रह समेत गर्नु भयो । छरछरे खानेपानीका अध्यक्ष गेहराज पौडेल , जुरपनिया मैनतारा खानेपानी सदस्य छवि घर्ती लगायत बोल्नु भएको थियो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ नेपाल (फेडवासन) का सदस्य डिला कुमारी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ नेपाल (फेडवासन ) दाङका अध्यक्ष धुर्व ठकुरीको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्य र जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपानेको बिशिस्ट आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
भेलाले पालिका स्तरीय समिति गठन
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल तुलसीपुरमा पालिका स्तरीय समिति गठन भएको छ । जसमा अध्यक्ष टेकबहादुर के.सि, उपाध्यक्ष आशा जि.सि, सचीव राकेश बस्नेत, कोषाध्यक्ष मधु कुमारी योगि, सदस्यहरुमा गेहराज पौडेल, कुन्ती बली, पुस्कर भण्डारी, पुर्ण बहादुर डाँगी, चन्द्रा वलि रहनु भएको छ ।