तुलसीपुर
१ असोज / नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा दाङका मेटमनी चौधरीलाई चयन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य तथा देउखुरी निवासी चौधरीलाई लुम्बिनी प्रदेश अध्यक्ष बनाईएको छ । लुम्बिनी प्रदेशको इञ्चार्जमा दाङकै भागवत विश्वासीलाई चयन गरिएको छ । चौधरी र विश्वासी दुबैजना पार्टीका केन्द्रीय कमिटि सदस्य हुन् ।
त्यस्तै पार्टीको जिल्ला अध्यक्षमा सृुरामनी बेलवासेलाई चयन गरिएको छ । उनी यस अघि जिल्लाका एमालेका उपसचिब थिए ।
लाइभदाङ । १ आश्विन २०७८, शुक्रबार १७:५६ बजे