देश बनाउन प्रतिष्पर्धा गर्ने हो, महोत्सव लगाउन होईन् : मुख्यमन्त्री केसी

दाङ
२३ मंसिर / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले महोत्सव लगाउनलाई प्रतिष्पर्धा गर्न नहुने बताएका छन् ।

चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले सबैले सहकार्य गरेर एउटा महोत्सव लगाउनुपर्ने समेत बताएका छन् ।‘ राम्रो काममा प्रतिष्पर्धा गर्ने हो, देश बनाउनलाई प्रतिस्पर्धा गर्ने हो’, उनले भने‘तर, गलत कामकालागि प्रतिष्पर्धा गर्नुहुँदैन्, महोत्सव लगाउनकालागि प्रतिष्पर्धा गर्नुहुँदैन ।’

परापूर्व कालदेखि नै यो समयमा मेला महोत्सव लाग्ने गरेको भएपनि यो समयमा कतिको प्रभाबकारीता हुन्छ भन्ने कुराले आयोजनाले मनन् गर्नुपर्ने उनको भनाई थियो । मुलुकमा कोरोनाको अर्को भेरियन्ट आईसकेको भन्दै जनताको जीवनलाई सहज बनउानकालागि महामारीको जोखिम हेरेर महोत्सव रोक लगाउनु पर्ने अबस्था आउन सक्ने समेत उनको भनाई थिया ।‘मुलुकमा अर्को भेरियन्ट आइसकेको कुरा छ, जनताको जीवन भन्दा ठूलो अरु कुरा हुन सक्दैन’, उनले भने‘त्यसैले भोलि महोत्सव रोक्नुपर्ने अबस्था आएपनि यहाँहरुले कत्ति दुःख मान्नुहुनेछैन ।’


तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै ब्यबस्थित गर्न सके यहाँको भबिष्य उज्जवल हुने उनको भनाई छ । उनले मेला महोत्सवहरु सार्वजनिक समारोह भएकाले सार्वजनिक हित, सांस्कृतिक प्रभाब, बजार व्यबस्थापनलाई पनि ध्यान दिनुपर्ने बताए । महोत्सव मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा प्याराग्लाईडिङ, विभिन्न जातजातिका खानाका परिकार, विदेशी गाडी, मोटरसाईकलको स्टल तथा एक्सचेन्ज अफर, कृषि, घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शन एवं विक्री वितरण हुनेछ ।साथै अटो मोवाईल प्रदशनी पनि हुने मुल आयोजक समिति संयोजक सम्भु रेग्मीले बताए । महोत्सव तुलसीपुर ६ बरुवागाउँमा सञ्चालन भएको छ ।