न्यु स्टार बन्यो ए डिभिजन लिग फुटबलको च्याम्पियन

लक्ष्मण बस्नेत
दाङ, १८ असार ।
न्यु स्टार फुटबल क्लब नारायणपुर दाङ जिल्ला क्लब स्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ च्याम्पियन बनेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा बडहरा फुटबल क्लब घोराही लाई २का विरुद्ध ४ गोलले पराजित गर्दै न्यु स्टार फुटबल क्लब नारायणपुर लिग च्याम्पियन बनेको हो ।

लिग च्याम्पियनको उपाधी चुमेको न्यु स्टारले नगद ५० हजार,कप,मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको बडहरा फुटबल क्लब उपबिजेतामा सिमित रहदै नगद २५ हजार,कप,तथा मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

दाङको बेल्झुन्डी रंगशालामा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को ८ औ मिनेटमा बडहराका जर्सी नं. ७ का रिवन बुढाले सुरुवाती गोल गरे भने न्यु स्टारका जर्सी नं. ९ का राम शाहिले पहिलो हाफ्को ३३ औ मिनेटमा जवाफि गोल गर्दै टिम लाई १–१ को बराबरी गर्न सफल भए ।


खेलको दोस्रो हाफ्मा लयमा देखिएको न्युस्टार का जर्सी नं. ८ का दिपेश पुनले ४४ औ,जर्सी नं. ७ का नवीन बिढाले ६४ औ र जर्सी नं. १० का भिमसेन थापाले ७३ औ मिनेटमा गोल गरे ।दोसो हाफ्मा दवाबमा परेको बडहराका तर्फबाट जर्सी १० का प्रदिप सुनारले इन्जुरी समयमा गोल गरे ।

प्रतियोगिताको समापन समारोह दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसिको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा बेष्ट प्लेयर खेलाडी बडहरा युथ क्लबका प्रदिप सुनार, हाई स्कोरर बडहराकै रेवन बुढामगर,न्यु स्टारका खेलाडीहरु दिपेश पुन बेष्ट मिडफिल्डर,विकेश चौधरी बेष्ट डिफेन्डर, समर्पन थापा वेष्ट गोलपिकर र लक्ष्य युवा क्लबका विशाल रावत राईजिङ प्लेयर घोषित भए ।

असारको ५ गते देखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागीता रहेको थियो । प्रतियोगिताका बिजेता,उपबिजेता टिम तथा खेलाडि,ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी लगाएतले पुरस्कार,मेडल,प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।