भागवत विस्वासीसहित नेताहरु एमालेमा जाँदै

दाङ, ५ जेठ ।
नेकपा एसका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पूर्वमन्न्त्री हिराचन्द्र केसीसहित दाङको पार्टी कमिटी नेकपा एमालेमा समाहित हुने भएका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले नेकपा एसमा रहेको अधिकांश नेताकार्यकर्ताहरु एमालेमा समाहित हुते तयारी भएको जनाएका छन् ।


‘सबै नाम टुंगो लागेको छैन, केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, नेतृ शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेलवासे, सचिव डिल्ली डाँगीसहितको अधिकांश नेताकार्यकर्ताहरु एमालेमा समाहित हुने कार्यक्रम तय भएको छ’ उनले भने ।

एसवाट एमालेमा प्रवेशमा गर्न लागेका नेताहरुलाई स्वागत गर्न एमालेका महासचिव शंकर पोखरेल शुक्रबार दाङ जान थालेका छन् । महासचिव पोखरेलले उनीहरुलाई प्रवेश गराउन तुलसीपुरमा जेठ ६ गते आउन लागेका हुन् ।