लुम्बिनीको साक्षरता दर ८७.८ प्रतिशत

तुलसीपुर, २६ असार ।
लुम्बिनी प्रदेशको साक्षरता दर ८७.८ प्रतिशत रहेको छ । प्रदेश अर्थ मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चालु आर्थिक वर्षसम्मको साक्षरता दर ८७.८ रहेको हो । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा ३ वटा विश्वविद्यालय, १८५ क्याम्पस,४ हजार २९ सामुदायिक विद्यालय,१ हजार २ सय ४८ संस्थागत विद्यालय ५२९ अन्य विद्यालय रहेका छन् ।

त्यस्तै ३१३ प्राविधिक, एक हजार ७३७ माध्यामिक, ४ हजार ६० आधारभूत विद्यालय,५ हजार ४ सय २२ बालविकास केन्द्र रहेका छन् । ति विद्यालयमा १९ हजार ५८१ शिक्षक कार्यरत रहेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

लुम्बिनीमा खोप प्राप्त गर्ने बालबालिका ६९ प्रतिशत
लुम्बिनीमा पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको संख्या ६९ प्रतिशत रहेको छ । त्यस्तै परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या ३१ प्रतिशत, शिशु गर्भमा रहेदेखि कम्तिमा चार पटक गर्भ जाँच गराउने महिला ६८ प्रतिशत र १० प्रशुतिकर्मीबाट प्रसुति सेवा प्राप्त गर्ने गर्भवतिको संख्या ७४ प्रतिशत रहेको अर्थमन्त्री मास्कीले बताए ।


लुम्बिनीमा ३२ अस्पता, २९ प्राथामिक स्वास्थ्य केन्द्र, ५ सय ६७ स्वास्थ्य चौकी,४६ आयुर्वेद औषधालय, १३ आयुर्वेद स्वास्थ्य केन्द्र, चारसय ४४ बर्थिङ सेन्टर रहेको छ । त्यस्तै लुम्बिनीमा ८ हजार ९ सय ९३ महिला स्वास्थ्य स्वयंसेविका,२ हजार ९ सय ११ खोप क्लिनिक,१ हजार ९ सय ५४ गाएँघर क्लिनिक,१८६ सामुदायिक स्वास्थ्य इकाई र २ सय ५२ आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । साभारः अग्रिम साप्ताहिक