आजदेखी सरकारी कार्यालय खुल्दै

काठमाडौँ, २९ असोज ।  दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।


आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले दाङसहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ ।