सागर रोका
तुलसीपुर, १९ असोज ।
तुलसीपुरमा रहेको मानवसेवा आश्रम दाङ शाखाले विजयादशमी, तथा शुभ दिपावली छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान विशेष कार्यक्रम गरिएको थियो ।
मानव सेवा आश्रमले गरेको विशेष शुभकामना आदनप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले दियो बत्ती बालेर यस कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष भण्डारीले जस्को कोहि र केही छैन त्यस मानिसहरुलाई विशेष गरेर मानवसेवा आश्रम रहेको बताउनु भयो।
त्यस्तै गरेर यस कार्यक्रममा समाजमा सकारात्मक भावनाको विकाससँगै शान्ति, न्याय, अमनचयन र राज्यले छुटयाएको हक अधिकार मानवले उपभोग गर्न पाउनु पर्ने बताउनु भएको थियोे ।
‘दाङको तुलसीपुरमा मानवसेवा आश्रम स्थापना हुनु भनेको हामी सबैले गर्व गर्नु पर्छ । भविष्य कसैले देखेको छैन । भोलि यहाँ आउन नपर्ला भन्न सकिदैन । राज्य सोचेको जस्तो छैन कानुन त छ तर यसको कार्यन्वयन हुन सकेको छैन ।’ उहाँले भन्नुभयो । यस मानव सेवा आश्रमको कार्यपालिका प्रतिनिधि भएको हेसियतले आफुबाट हुने हरेक क्षेत्रमा मानवसेवा आश्रमलाई सहयोग गर्ने उहाँले बताउनु भयो।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँ लगायत हरेक गाउँ,टोल, मात्रै नभएर सडकपेटी,मन्दिर र पुल जस्तो ठाउँमा जिवन बिताईरहेका मानवहरुको लागि मानव सेवा आश्रम एउटा मन्दिरको रुपमा मात्रै नभएर आफ्नो जिबन नै परिवर्तन गर्ने थलो भएको बताउनुभयो ।
यस मानवसेवा आश्रम तथा लुम्बिनी प्रदेशकी संयोजक सरु अधिकारीले मानवसेवा आश्रमको निमन्त्रणा लाई सुइँका गरेर यस स्थानसम्म आउनु हुने सम्पुर्ण अभिभावकहरु तथा पत्रकार,सुरक्षाकर्मी लगाएत सबै प्रति धन्यवाद दिनु भएको थियो । उहाँले मानवसेवा आश्रमको भवन निर्माण गर्नका लागि पुँजी र डिजाइन तयार भएपनि जग्गाको लालपुर्जाको कुरा नमिलेर काम गर्न ढिलाई र सुस्त गतिमा काम हुने भएको उहाँको भनाइ रहेको थियो ।
लाइभदाङ । १९ आश्विन २०८१, शनिबार २२:१० बजे