सिद्धपृथ्वी जनता मा.वि.द्वारा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

दंगीशरण, १६ असोज ।
सिद्धपृथ्वी जनता माध्यमिक विद्यालय दंगीशरण ७ श्रीगाउँले छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले नियमनाथ पार्वती योगी स्मृती अक्षकोष र टिका बहादुर डाङ्गी स्मृती अक्षकोषबाट ४ जना विद्यार्थीलाई नगद प्रमाणपत्र र पुरस्कार वितरण गरेको हो । नियमनाथ पार्वती योगी स्मृती अक्षकोषमा ५० हजारको अक्षकोषको ब्याज रकमबाट २ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरीएको हो ।

यस्तै टिका बहादुर डाङ्गी स्मृति छात्रवृत्ति अन्तर्गत १ लाख ८१ हजारको ब्याज रकमबाट कक्षा २ र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने २ जना बिद्यार्थीलाई नगद,प्रमाणपत्र,र पुरस्कारसहित सम्मान गरीएको हो ।

छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष दिपक देवकोटाको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिकाका शिक्षा साखा प्रमुख बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा भएकोथियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि आफुले कुनैपनि कुराको कमिहुन नदिने गिरीले बताए । पछिल्लो समय आफुले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अगाडि बढाएकाले कुनैकुराको कमिले गर्दा शिक्षाको गुणस्तरमा कमि आउननदिने बताए ।

शिक्षकहरु र विद्यालय प्रशासनले सक्रियताकासाथ चासो देखाएमात्र पनि सस्थागत विद्यालयसरह सामुदायिक विद्यालय पनि सक्षम रहेको बताए । विद्यालयका प्रधानाध्यापक श्रीधर शर्माले बिषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक गुरुप्रसाद गौतमले गरेकाथिए ।