दीपक बोहरा
मानिसमा पछिल्लो असन्तुष्टिका श्वरहरु बढिरहेका छन् । सामाजिक सञ्जालमा होस्, वा अन्य कुनै सार्वजनिक थलोहरुमा बढि असन्तुष्टिका कुराहरु नै पोखिन्छन् । एकअर्कालाई स्वीकार गर्न नसक्ने, राम्रो कामलाई पनि राम्रो भन्ने सक्ने सामथ्र्य पनि घट्दै गइरहेको छ । आत्मकेन्द्रित ब्यक्तिबादमा बढि रमाउने मानविय स्वभाब बढिरहेको छ । आफूले गरेको सबै ठीक, अरुले गरेको सबै बेठिक भन्ने भन्ने प्रबृती जबरजस्त रुपमा स्थापित हुन खोजिरहेको छ । यो सबै वितृष्णको उपज हो । यसले समाजलाई असभ्य तर्फ लिइरहेको छ । मानिसमा सकारात्मक भन्दा बढि नकारात्मक सोँचको विकास भइरहेको छ । त्यसकै उपज पनि अहिले सामाजिक सञ्जालहरुमा अराजकता मौलाएको छ । सत्तासिन ब्यक्तीहरु होस्, वा राजनीतिक दलका नेतृत्वहलाई गालीको बर्षा हुन्छ । यसरी हेर्दा पछिल्लो समय साइवर अपराध गर्नेहरुको आँकडा पनि बढिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा साइवर अपराधका ९ हजार उजुरी परेकोमा, गएको आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार बढि उजुरी परेका छन् । साइवर ब्यूरोको यो तथ्यांकले पनि पछिल्लो समय साइवर आक्रमण गर्नेहरु बढ्दै गइरहेको छ । यो वितृष्णकै उपज हो ।
सामाजिक सञ्जालमा मात्रै होईन्, आत्महत्याको दरपनि बर्सेनी बढिरहेको छ । मानिसमा‘डिप्रेशन’को दरपनि बढिरहेको छ । नेपाल प्रहरीले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार दैनिक १९ जनाले आत्महत्या गरिरहेका छन् । यो डरलाग्दो तथ्यांक हो । सामान्यतया व्यक्तिमा विविधीकरणबाट बाँच्ने आशा हराउँदै गए, इच्छा आकांक्षा लोप भए, हर्ष र उल्लासलाई निराशा र वैराग्यताले विस्थापित गरे त्यस्तो अवस्थामा जीवन बोझ बनेको र जिउनु नै व्यर्थ ठान्ने अवस्थामा मानिस पुग्छ । त्यसपछि आत्महत्या गर्छ ।
मानिसमा स्वदेशमा बसेर केही हुँदैन, भन्ने आभास पनि भइरहेको छ । त्यसैले पनि दिनप्रतिदिन विदेश जानेहरु पनि बढिरहेकै छन् । कक्षा १२ पढेपछि विदेश जाने सपना धेरै विद्यार्थीहरुले बुनीरहेका रहेका हुन्छन् । विदेश जानकै लागि कक्षा १२ पढ्नेहरु नै धेरै छन् । अहिले १२ देखि माथिका कक्षाहरु पढ्ने विद्यार्थीहरु प्रायः पाउन मुस्किल हुन्छ । तर, विदेश पढाउने कन्सलटेन्सीहरु भरिभराउ हुन्छन्, भाषाका कक्षाहरु पनि उत्तिकै भरिभराउ हुन्छन् । अन्तराष्ट्रिय विमानस्थलमा विदेश जानेहरुको उत्तिकै घुइँचो हुन्छ । गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ७२ हजार ८ सय ६१ जना विदेश गएका छन् । त्यो भन्दा अघिल्लो आर्थि बर्षमा ५९ हजार ४ सय २२ जना विदेश गएको बैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । अबैधानिक माध्यामबाट धेरै अमेरिका जाने होडवाजी नै छ । गाउँ नै रित्तो बनाएर बैदेशिरहेका छन् । गाउँमा सामाजिक काम गर्न होस्, वा जन्ती र मलामी नपाउने अबस्था छ । यसले सामाजिक रुपमा निकै प्रभाब परेको छ । यी सबै वितृष्णाकै उपज हो ।
मानिसमा नकारात्मकता बढ्दा यसरी आत्महत्या, अराजकता, देश छोड्ने अबस्था सिर्जना भइरहेको छ । यसरी अस्वभाविक रुपमा बढिरहेको कुरालाई रोक्न तर्फ ध्यान दिनुपर्छ ।
आशावादी बनौं
स्वदेशको माटोमै मेहनत गरेर धेरै आत्मनिर्भर मात्रै भइरहेका छैनन्, धेरैलाई रोजगार दिएका उदाहरण पनि छन् । विदेशमा जस्तोसुकै पनि काम गर्न सक्ने तर, नेपालको माटोमा कुनै पनि काम गर्दा पनि लजाउने अबस्थाले पनि यसरी समस्या बनाईरहेको छ । मेहनत गर्नेहरुले तरकारी खेति गरेर होस्,वा अन्य ब्यापार ब्यबसाय गरेर स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । तर, त्यसो गर्न नसक्नेहरु आफ्नो भएको जग्गालाई बाँझो राखेर भौतारिरहेका छन् । मानिश जति ब्यस्त हुन्छ, त्यतिमै माथि देखिएका समस्याहरु समाधान हुन्छन् । तथ्यांकले पनि पछिल्लो समय जग्गा बाँझो राख्ने दर बढिरहेको छ । एक दशक अघि अर्थात २०६८ सालको जनगणनामा ३१ हजार ४४ हेक्टर जग्गा बाँझो रहेको तथ्यांक थियो । तर, त्यसको दश बर्षपछि अर्थात २०७८ सालमा बढेर नेपालमा ६० हजार ५ सय ४२ हेक्टर जग्गा बाँझो छ । यसरी जग्गा बाँझो राख्ने दर बढिरहेको छ, तर, विदेशिने, आत्महत्या गर्ने, अराजक क्रियाकलाप गर्ने दर बढिरहेको छ ।
यसलाई रोक्न आत्मसन्तुष्ट हुन सक्नु पर्छ । आफ्नो जुन ठाउँ र जुन कर्ममा छौं, त्यसमा आत्मसन्तुष्टि हुन सकियो भने मात्रै पनि माथि देखाईएको जस्तो तथ्यांक बढ्दैन । हामीभित्र धेरै सम्भावनाहरु छन् । हामीमा इच्छा शक्ति भएमा नेपालमै धेरै सफल कार्यहरु गर्न सक्छौं । स्रोत साधनका हिसाबले पनि नेपाल त्यति कम्जोर छैन । हावापानीले पनि राम्रो छ । ‘मेहनत गरे नेपालमै सुन फल्छ’ भन्ने भनाई पनि त्यतिकै चर्चामा छ । यो भनाईलाई धेरैले सत्यसिद्ध पनि गरिसकेका छन् ।
मुुलुकमा विज्ञान र प्रविधिको विकास तिब्र रुपमा भएको छ । अब हामीले एकै ठाउँबाट विश्वलाई नियाल्न सक्छौं । यसलाई सदुपयोग गर्न सकिएमा हामीले विश्वमा गरेका अभ्यासहरुलाई नेपालमै प्रयोग पनि गर्न सक्छौं । अन्य मुलुकका अभ्यासहरुको सिकाई गरेर हामीले नेपाललाई नै समृद्ध बनाउन सक्छौं । हामीले अरुलाई जसरी दोष तेस्र्याइरहेका हुन्छौं, त्यतिकै दोष आफूमा पनि छ, भन्ने कुरा बुझ्नु पर्छ । समाजलाई मैले कति योगदान गरेको छु ?, सभ्य समाज निर्माणकालागि मेरो भूमिका के हो ?, भन्ने कुराको समीक्षा ग¥यौं भनेपनि माथि देखिएको वितृष्णको तथ्यांक घट्न सक्छ । तर, हामीले प्रविधिलाई जुन हिसाबले प्रयोग गर्नु पर्ने हो, त्यसरी प्रयोग गरिरहेका छैनौं । प्रविधिको प्रयोग भन्दा पनि दुरुपयोग गरिरहेका छौं, यसले गर्दा पनि मानिसमा वितृष्ण पैदा गरिरहेको हुन्छ । यो कुरा पनि हामीले ध्यान दिन सक्यौं भने समाज सकारात्मक मार्गमा अघि बढ्छ, र मानव जीवन सहज हुन्छ । त्यसैले निरन्तर कर्म गरौं, ब्यस्त होऔं, त्यसले नै जीवनलाई सरल बनाउछ ।
मानिसमा आशा हुनुपर्छ । आशाले नै मानिसको जीवनलाई सहज बनाउछ । जब मानिसले आशा छोड्छ तब जीवनमा अनेकौँ समस्या आउँन थाल्छन् । संसारका सबै कुरा पाए पनि अझै पाउँने आशा कायम रहन्छ । संसारभरका दुःख र अफ्ठ्यारा भोगिरहे पनि अब राम्रो दिन आउँछ भन्ने आशा छोड्नु हुँदैन । जसले गर्दा असम्भव लागेका कुराहरुलाई सम्भव बनाउछ ।
पछिल्लो समय भइरहेको निराशालाई आशामा बदल्न अभियान पनि चलिरहेका छन् । अप्टिमिष्ट क्लबलगायत विभिन्न संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन्, भने सरकारी स्तरबाट पनि यसरी सचेत बनाउने कार्य भइरहेका छन् । ति कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्छ । कार्यक्रममा मात्रै सीमित नभई उपलब्धी मुलक हुनुपर्छ । सरकारले आशा जगाउने खालका नीति तथा कार्यक्रमहरु पनि ल्याउनु पर्छ । ति कार्यक्रम जनस्तरमा पुग्नु पर्छ । आम जनस्तरमा कार्यक्रमसंगै उत्पादनमा जोड्ने नीति ल्याउने र त्यो नीतिमा जोड्न सक्नु पर्छ । स्वरोजगार मुलक उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्छ । उत्पादनलाई बजारीकरणको सहजताकालागि पनि सरकारले ध्यान दिनुपर्छ । उत्पादनलाई सुरक्षा गर्न गर्न तर्फ पनि ध्यान दिनुपर्छ । यस तर्फ पनि तीनै तहका सरकार तथा सरोकारवालाहरुले ध्यान दिन सकेमा त्यसले सकारात्मक प्रभाब पार्छ, र अहिले जस्तो असन्तुष्टिहरु हराउदै जान्छन् । त्यसले मानिसमा आशावादी जगाउन भूमिका खेल्छ । नेपालमा उत्पादिन बस्तुले पनि बजार नपाउने, विचौलियाको विगविगीजस्ता कुराहरुले पनि यहाँ सम्भावना कम देख्नेहरुमा नै बढि वितृष्णा पैदा हुने अबस्था रहेको छ । यस कुरामा ध्यान दिनु पर्ने अहिलेको आवश्यकता छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ८ आश्विन २०८१, मंगलवार १८:०८ बजे