दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिकालागि नयाँ नेतृत्व चयन

सागर रोका

देउखुरी, ८ असोज ।  राजपुर गाउँपालिका वडा नम्बर ६ स्थित कल्याणपुर नाकामा रहेको दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका लागि आइतबार नयाँ नेतृत्व चयन गरिएको छ ।

जसको अध्यक्षमा कुमार पुन मगर,सदस्यहरु, विमला बुढा,सरिता घर्ती,राजपत्ती चौधरी,राजमा पुन,रिम बहादुर घर्ती लगायतलाई नयाँ नेतृत्वका चयन गरिएको हो । यस्तै उक्त समितिको सदस्य सचिवमा प्रअ खेमराज यादव रहेका छन् ।

कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख अध्यक्ष शरद बुदाथोकी र राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोका त्यस्तै गरेर नेपाल भारत सिमाना सुरक्षा बलका सशस्त्र प्रहरी बलका इन्चार्ज बम बहादुर सारु लगायत कल्याणपुर नाका बासिन्दाहरुको सहभागी रहेको थियोे ।

उक्त विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गर्नका लागि राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र ६ नम्बरका वडा अध्यक्ष श्याम रोका सहितको टोलि कल्याणपुर नाका पुगेका थिए ।

विद्यालयलाई अझै बलियो र दियो जस्तै उज्यालो बनाउने र सधै विद्यालयको हरेक कमि कम्जोरलाई बाहिर ल्याउने सक्ने क्षमता रहोस् भन्दै समितिमा चयन भएका सम्पूर्ण टिमलाई पालिका अध्यक्ष बुढाथोकी र वडा अध्यक्ष रोकाले हार्दिक बधाई एवं शुभकामना दिएका थिए ।

त्यस्तै हरेक घरका अभिभावकले आफ्नो छोराछोरीलाई सधै विद्यालय पठाइ आफ्नो छोराछोरीको पढाई के-कस्तो हुँदै छ भनेर कहिलेकाही समय मिलाएर विद्यालयसम्म पुग्ने र विद्यालयका शिक्षकहरु बुझ्न राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गरे ।


त्यस्तै विद्यालयको लागी चाहिने आवश्यकता अनुसार बजेट र निकासको लागी सधैब लागि पर्ने यस राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोकाले बताए ।

केहि महिना पहिले कल्याणपुर विद्यालयको लागि लाखौं रुपैया पैसाको खर्चमा बनाएको भवन राम्रोसँग मर्मत नहुदा र भवन बनाउने ठेकेदारले लापरबाहीका साथ बनाएको कारणले भवनमा बर्खा याम पानी कोठा भित्र छिरेर स-साना बालबालिका बस्न समेत गाह्रो हुने भएको त्यस विद्यालयका प्रधानाध्यापक खेमराज यादवले जानकारी दिए ।

त्यति मात्रै नभएर त्यस विद्यालयको वरिपरिबाट पर्खाल र कमपाउन नभएको हुँदा रातीको समयमा वरिपरि रहेका गाइ बस्तुहरुले विद्यालय भित्र बसेर धेरै नोक्सानी गरेको पाइन्छ ।

विद्यालयमा दुई जना शिक्षकले कक्षा ५ सम्म पठनपाठन गराउदै आएको र कुनै कुनै समयमा विद्यालयको परिसर अर्थात गेट पालेले साना कक्षालाई पढाउने काम गरेको त्यस विद्यालयका प्रधानाध्यापक यादवले बताए ।

यति मात्रै नभएर कक्षा ५ सम्मको लागी बसेर पढने कोठा नहुँदा एक कक्षा र दुई कक्षाका विद्यार्थीलाई संगै राखेर पढाउनु पर्ने बाध्यता रहेको शिक्षकहरुको गुनासो रहेको छ ।

कल्याणपुर नाकामा खाने पानी र नुहाउन अनि कपडा धुनको लागी पानी नहुनाले धेरै भन्दा धेरै समस्या भोग्दै आउनु परेको त्यस विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर खत्रीले जानकारी दिए । घरमा खाना बनाउन र पिउने नुहाउन कपडा धुनको लागी पानी ल्याउनलाई करिब एक दुई घण्टा खोलाको बाटो हुँदै ल्याउनु पर्ने कल्याणपुर नाका बासिन्दाहरुको बाध्यता रहेको पाइन्छ । यो समस्या भनेको आज र यो वर्ष मात्रै नभएर हरेक वर्षमा खानेपानी देखि धेरै सास्ती खेप्नु परेको कल्याणपुर नाका बासीहरुको गुनासो रहेको छ ।

त्यस्तै गरेर हरेक वर्ष खोलामा बग्ने पानीको मुहान सुक्ने हुनाले खानेपानीको मुहान खोला खालीमा खोज्दै पिउने पानी प्रयोग गर्ने गरेको राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाकाका बासिन्दाहरुको गुनासो पाइन्छ ।