पूर्वमन्त्री शर्मालाई पितृ शोक

तुलसीपुर, २ असोज । पूर्व सञ्चार तथा सूचना प्रबिधि मन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मालाई पितृ शोक परेको छ ।

दाङका बरिष्ठ साहित्यकार समेत रहनुभएका गिरिराज शर्माको बुधबार ८४ वर्षमा निधन भएको हो ।

शर्मालाई बुधबार विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका क्रममा दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।


शर्माको पार्थिक शरीर बुधबार साँझ घोराही १८ मसिनास्थित निवासमा प¥याएर र अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उहाँको अन्त्येष्टि विहीबार विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिनुभयो । उहाँका एक दर्जन बढि कृति प्रकाशित छन् ।

निवृत्त शिक्षक समेत रहनुभएका उहाँको केही समययता भैरहवास्थित निवासमा बस्दै आउनुभएको थियो । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ ।