
तुल बहादुर कवँर मगर
भालुबाङ, १३ फागुन।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले आँपको बिरुवा रोपेर आफ्नो ४३औं जन्मदिन मनाउनु भएको छ।
गाउँपालिका परिसरमा मंगलबार विष्टले स्थानीय नर्सरीबाट ल्याइएको आँपको बिरुवा रोपेर जन्मदिन मनाउनु भएको हो।
अध्यक्ष विष्टले जनप्रतिनिधि तथा गाउँपालिकाका राष्ट्र सेवक कर्मचारीहरूले जन्मदिनलाई परम्परागत उत्सव भन्दा फरक तरिकाले मनाउने निर्णय गरेको बताउनुभयो।
उहाँले बिरुवा रोप्ने यो अभ्यासले वातावरण संरक्षणमा योगदान पुर्याउने र भविष्यमा आफ्नै आँगनमा ताजा फलफूल उत्पादन गर्न मद्दत गर्ने अपेक्षा गरेको उल्लेख गर्नुभयो।
“यदि हरेक घरले आफ्नो जन्मदिनको अवसरमा फलफूलका बिरुवा रोपे, बाहिरी बजारबाट फलफूल किन्ने आवश्यकता न्यून हुनेछ,” अध्यक्ष विष्टले भन्नुभयो।
अध्यक्ष विष्ट विसं २०३८ साल फागुन १३ गते प्यूठानमा जन्मनु भएको हो।



लाइभदाङ । १३ फाल्गुन २०८१, मंगलवार २३:०७ बजे