दाङ २(१) मा काँग्रेसका खनाल विजयी

दाङ, ७ मंसिर ।
दाङ क्षेत्र नं. २ को प्रदेसभा १ बाट काँग्रेसका राजु खनाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणालाई एक हजार एकसय ६७ मतान्तरले पछि पार्दै खनाल प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । खनालले १५ हजार ६ सय १६ मत ल्याएका थिए, भने राणाले १४ हजार ४ सय ४९ मत ल्याएका थिए ।

त्यस्तै राप्रपाका गोपाल बेल्वासेले ३ हजार ३ सय ३७ मत ल्याएका थिए । सोही निर्वाचन क्षेत्रमा ६६ हजार ३ सय २२ मतदाता रहेकोमा ३७ हजार ८६ मत मात्रै खसेको थियो । खसेको मत मध्ये १ हजार ४ सय ८५ मत बदर भएको थियो ।


को हुन्, राजु खनाल ?
खनाल नेपाली कांग्रेसमा लोकप्रिय युवा नेताको छवि बनाएका ब्यक्ती हुन् । उनले २०७० को संविधानसभा निर्वाचनमा एमालेका लक्ष्मण आचार्य र माओवादी केन्द्रका निर्मल आचार्यलाई हराएका थिए । दाङ क्षेत्र नं.३ बाट निर्वाचित भएका खनाल २०७४ सालको निर्वाचनमा भने संसदमा प्रवेश गर्न पाएनन् ।

तत्कालिन अबस्थामा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका प्रभाबशाली नेता कृष्णबहादुर महरासंग करिब १५ हजार मतान्तरले हार ब्यहोरेका थिए । तर, अहिले तिनै महरा र माओवादी केन्द्रको सहयोगमा दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ बाट निर्वाचित भएका छन् ।