दंगीशरण– ४ मा तिजमिलन तथा अट्वारी बिशेष कार्यक्रम सम्पन्न

दंगीशरण, १८ भदौ ।
दंगीशरण गाउँपालिका वडा नं. ४ को आयोजना, हिमाल कृषि समुह सरैयाको सहजीकरण तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा तिजमिलन तथा अट्वारी बिशेष कार्यक्रम सम्पन्न भएकोछ । वडा नं. ४ का वडा अध्यक्ष कमल थारुको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरेको प्रमुख आथित्यता,तथा वडा नं. ७ का वडा अध्यक्ष रेशम वलिको बिशिस्ट आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सस्कार र सस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव,तिजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । हरेक जातजातीको माग अनुसारका कार्यक्रमहरु अगाडि सारेको अध्यक्ष गिरीले बताउनुभयो ।हरेक जातजातिलाई सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाइ सङ्गै सङ्गै लगेको समेत उहाँले बताउनुभयो ।

यस्तै वडा नं. २ ले पनि आजै तिजमिलन तथा अट्वारी विशेष सास्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. २ को आयोजना,दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग,हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्था लि.को ब्यबस्थापनमा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न गरीएको हो ।


कार्यक्रममा बोल्दै कार्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिजको नाममाहुने बिकृती बिसङ्गतीको अन्त्यगर्नुपर्ने बताउनुभयो ।अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाइ प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

तिजमिलन तथा अट्वारी बिशेष कार्यक्रम वडा नं.२ का वडा अध्यक्ष डम्बर खत्रीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,निवर्तमान प्रदेश सम्सद धमकलि चौधरी र गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा चर्चित गाएक गोनिन्द मधुर आचार्य ,कुसल नृत्याङ्गना जेविका रेउले लगायतका स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेकोथियो ।कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएकोथियो ।