मानव सेवाद्वारा दाङमा ११५ जनाको उद्दार

तुलसीपुर, १५ भदौ । मानव सेवा आश्रम दाङले एक बर्षमा एकसय १५ जना सडक मानवको उद्दार गरेको छ ।

आश्रमका प्रमुख हिरु जोशीका अनुसार उद्दार गरिएका मध्ये ४७ जनाको पारिवारिक पनर्मिलन गरेको छ, भने ५४ जना आश्रित रहेका छन् । १८ जनाको आश्रममै मृत्यु भएको छ, भने ३९ जनाले स्वेच्छाले आश्रम छोडेका छन् । हाल दाङका सडकमा सडक मानव नभएको जोशीले बताउनुभयो ।

उहाँका अनुसार मानव भेटिनसाथ उद्दार गर्ने गरिएको छ । साथै प्रत्येक शनिबार सडक मानवको अबस्थाका बारेमा बुझ्न अनुगमन समेत गर्ने गरिएको छ । २०८२ भन्दा अगाडी मुलुकलाई सडकमानव मुक्त बनाउने अभियानलाई सफल पार्न दाङमा आफूहरु सक्रिय रुपमा लागेको प्रमुख जोशीको भनाई छ । साथै सडक मानवमुक्त गराउनकालागि बिभिन्न क्षेत्रमा सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ ।


निकै चुनौतिकाबीचमा पनि आफूहरुले यो कार्य गरिरहेको उहाँको भनाई छ । अहिले एक ब्यक्तीकालागि १५ हजार रुपैँया मासिक खर्च आउने गरेको छ । तर, त्यो खर्च ब्यबस्थापन गर्न निकै कठीन हुने गरेको छ ।

बिभिन्न निकायबाट सहयोग संकलन हुने भएकाले त्यसले केही सहज भएको प्रमुख जोशीको भनाई छ । दाङको तुलसीपुरमा कार्यालय राखेर तीन बर्षदेखि यो कार्य गरिरहेको भन्दै यो अबधीमा भाडाकै भवनबाट काम गरिरहेको जोशीको भनाई छ । तीन बर्षमा तुलसीपुर एकसय ९१ जनाको उद्दार गरिएको छ ।

यसैबीच संस्थाको १२ औ बार्षिकोत्सव दिपप्रज्वलन गरि मनाईएको छ ।