आज तुलसीपुरका यी स्थानमा आउदैन विद्युत

तुलसीपुर, १५ भदौ ।
तुलसीपुरमा आज शनिवार विद्युत सेवा बन्द हुने भएको छ ।

तुलसीपुर वितरण केन्द्र अन्तरगत फुलबारी फिडरको तुलसीपुर–१२ चेतना नगर टोलमा सडक बीचमा रहेका पोलहरू सार्नुपर्ने र फिडर वरिपरिका रुख तथा हाँगाबिगा तथा काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो।


प्रमुख गोशलीका फुलबारी फिडर अन्तरगत तुलसीपुर राप्ती बबई क्याम्पस,शितलपुर,फुलबारी लगाएतका क्षेत्रमा शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ । तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।