धान दिवस : रोपाइमा रमाए विद्यार्थी

पूर्ण केसी
दाङ, १५ असार ।
सधैं कक्षाकोठामा रहने तुलसीपुर –७ दाङमा रहेको दिव्य कुञ्ज एकाडेमीका विद्यार्थी आज (शुक्रबार) रोपाइँमा रमाएका छन् ।

१५ असार अर्थात् धान दिवसको अवसरमा विद्यालयले तुलसीपुर–३ दमारगाउँ नजिकै रहेको खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगेको थियो ।


रोपाइँमा विद्यार्थीलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए । शिक्षक/शिक्षिकाहरुले उनीहरुलाई रोपाइँमा प्रयोग हुने औजारहरुका बारेमा समेत जानकारी गराएका थिए । विद्यार्थीहरु उक्त कार्यमा सहभागी हुन पाउदा खुसी एवम् नयाँ अनुभव भएको प्रतिक्रिया दिएका थिए ।