तुलसीपुर जेसिजद्वारा विद्यार्थीलाई साइवर सुरक्षाको ज्ञान

तुलसीपुर, १२ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका विद्यार्थीलाई साइवर सुरक्षासम्बन्धि ज्ञान प्रदान गरिएको छ । तुलसीपुर नगरजेसिजको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुरका चार वटा विद्यालयका विद्यार्थीलाई साइवर सुरक्षाका बारेमा सचेतना प्रदान गरिएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पछिल्लो समय विद्यार्थीहरु सामाजिक सञ्जालमा सक्रिय हुने गरेको भन्दै सही सदुपयोग नहुँदा त्यसले नकारात्मक असर पु¥याईरहेको बताए ।“पछिल्लो समय विद्यार्थीहरु पनि सामाजिक सञ्जालमा जोडिनु भएको छ”, उनले भने “तर, त्यसलाई सही सदुपयोग नहुँदा पढाईलाई पिन उत्तिकै असर गर्ने गरेको छ ।”

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले पछिल्लो समय साइबर अपराधका घटनाहरु बढिरहेको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । पछिल्लो समय सामाजिक सञ्जालकै कारण पनि आत्महत्याका घटनाहरु बढिरहेको उनको भनाई छ ।“पछिल्लो समय कम उमेरका मान्छेहरु पनि आत्महत्या गर्न तर्फ तल्लिन हुने गरेका छन्”,उनले भो “यो सामाजिक सञ्जालकै प्रभाब हो ।”


साईवर अपराध गर्ने क्रम बढिरहेको अबस्थामा विद्यार्थीहरु यसमा सचेत हुनुपर्ने अधिबक्ता डिल्लीराज धितालले बताए । सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सकेमा भने त्यसले सकारात्मक नतिजा दिने उनले बताए । अहिले विद्यार्थीलाई आबश्यक पर्ने धेरै कुराहरु इन्टरनेटबाट हेर्न सकिने भएकाले सही सदुपयोग गर्न तर्फ लाग्नु पर्ने उनको भनाई छ ।

पछिल्लो समय विद्यार्थीहरु सामाजिक सञ्जाल तथा इन्टरनेटको बारेमा कानुनी ज्ञान आबश्यक पर्ने भएकाले ‘सामाजिक सञ्जालको प्रयोगले युवामा पारेको प्रभाब’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम गरिनु सकारात्मक रहेको तुलसीपुर नगर जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेलले बताए । त्यस अवसरमा गोरखा मावि तुलसीपुर, ग्रेट अरणीको मावि, हिमाल एकाडेमी र ज्ञान ज्योति माविका एकसय ६० बढि विद्यार्थीको सहभागिता रहेको थियो ।
जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मधुसुदन गौतमले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण महासचिब कमल प्रकाश शर्माले गरेका थिए । साथै आस्थापाठ पूर्वध्यक्ष मेगराज घिमिरेले गराएका थिए ।