तुलसीपुरमा अटोको ठक्करबाट बालिका घाइते

तुलसीपुर, ९ भदौ । तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएकी छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अटोको ठक्करबाट तुलसीपुर–१० निवासी मनोज पुनको ३ वर्षिया छोरी काब्या गम्भिर घाइते भएकी हुन् ।


गम्भिर घाइते बालिकाको दुवै हात र दुवै खुट्टा अनि शरिरमा चोट लागेको छ । बालिकालाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

तुलसीपुरबाट कटाहतर्फ जाँदै गरेको रा १ ह १९५३ नम्बरको अटोले आज बेलुका साढे साढे ५ बजेतिर तुलसीपुर–१० मा ठक्कर दिएको हो । अटो चालक तुलसीपुर–११ उरहरीका ४४ वर्षिय जनार्दन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।