घोराही उपमहानगरपालिका लाई राष्ट्रपति रनिङशिल्ड

लक्ष्मण बस्नेत
तुलसीपुर,१ फागुन । दाङ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी घोराही उपमहानगरपालिकाले जितेको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा आज सोमबार सम्पन्न प्रतियोगितामा १९ स्वर्ण ८ रजत र २२ कास्य पदक हात पार्दै घोराही उपमहानगरपालिकाले रनिङ शिल्ड जितेको हो ।

घोराही उपमहानगर संग एक स्वर्ण पदकको अन्तरले सम्मानजनक हार ब्यहोरेको तुलसिपुर उपमहानगरपालिका १८ स्वर्ण,२३ रजत र १५ कास्य पदकका साथ द्वितिय स्थान हात पार्न सफल भयो । त्यस्तै लमही नगरपालिका ६ स्वर्ण,९ रजत र ७ कास्य पदकका साथ तृतिय हुदा राप्ती गाउपालिका ५ स्वर्ण,४ रजत,१५ कास्य पदकले सान्त्वना भयो ।

तीन दिन सम्म संचालित प्रतियोगितामा यस बर्ष देखि पालिका–पालिका बिचका टिम तथा खेलाडी बिच कडा प्रतिस्पर्धा भएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेलको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्य एवं दङ्गिशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरि र शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।


सो अबसरमा राष्ट्रपति रनिङ शिल्डमा सहभागी पाँच खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य उत्कृष्ट तथा सर्बोउत्कृष्ट खेलाडी तुलसिपुर उपमहानगरपालिका करुणा रिजाल भइन् । उनले नगद पुरस्कार हात पारिन् ।

त्यस्तै उत्कृष्ट हुने खेलाडिहरुमा एथलेटिक्स छात्रमा लमही नगरपालिकाका क्षितिज पराजुली,भलिबल छात्रमा तुलसिपुरका बिक्रम बोहरा,छात्रामा घोराहिकी निम कुमारी बिक,कबड्डी छात्रमा तुलसिपुरका गणेश बिक,छात्रामा बबई गाउपालिकाका पुष्पा रेग्मी,कराते छात्रमा राप्ती गाउपालिकाका महेश चौधरी,छात्रामा तुलसिपुरकी बिन्दु जिएम,तेक्वान्दो छात्रमा घोराहिका प्रकाश वलि र छात्रामा घोराहिकै वर्षा घर्तिमगर उत्कृष्ट खेलाडी घोषित भए ।

साथै सोही अबसरमा पुर्ब ब्रिटिश आर्मी तुलसीपुर ४ हाल लण्डन( यु के) निवासी पुर्व राष्ट्रिय खेलाडी चित्र बहादुर रानाले १३ औं रास्ट्रपति रनिङ्ग शिल्डमा एथलेटिक्स बिधामा स्वर्ण पदकधारी खेलाडी लाई धर्मपत्नी स्वर्गीय लक्ष्मी रानाको सम्झनामा नगद पुरस्कारले सम्मान गर्नु भएको थियो ।सम्मानित हुने खेलाडिमा दक्षिण एसियायी खेल जुनियर लङ्गजम्पमा नेपाल कि रेकर्डर निशा चौधरी १० हजार र अन्यमा सुजल डाङ्गी,सन्तोष चौधरी,प्रमिला चौधरी, मोतिकला डाङ्गी र निशा चौधरी जनही ५ हजारका दरले प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नु भएको हो ।

त्यस्तै कार्यक्रममा दाङको प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तरास्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिपमा पदक बिजेता खेलाडी दिपजङ्ग रोकामगर,गरिमा पुन मगर,हेम बुढामगर,प्रदिप चन्द,रोमश खरेल र प्रतीक चौधरी लाई सम्मान गरिएको थियो । कार्यक्रममा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल,तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का,दङ्गिशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरि,तुलसिपुर उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्र भण्डारी, समितिका पदाधिकारी लगाएतले बिजेता पालिका, खेलाडी लाई शिल्ड ट्रफी तथा पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुब आचार्यले गर्नु भएको थियो ।