डिभाईन टेम्पल एकेडेमीमा तेक्वान्दो ग्रेडिङ

तुलसीपुर, ७ भदौ ।
दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत तेक्वान्दो खेल खेलिरहेका विद्यार्थीहरुलाई तेक्वान्दो प्रशिक्षक राकेश परियार, सौगात परियार र साकार महतराले ग्रेडिङ गर्नुभएको हो ।

डिभाईन एजुकेशन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा तेक्वान्दो संघ दाङका सदस्य सौगात परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि परियारले विद्यार्थीहरुलाई खेलकुदमा पनि अब्बल बनाउन डिभाईन टेम्पलले जोड दिएको बताउनुभयो । साथै उहाँले बालबालिकाको शारीरिक तथा मानवीय विकासका लागी खेलकुदमा पनि सहभागी बनाउनुपर्ने बताउनुभयो ।

ग्रेडिङमा ३३ जना खेलाडी छात्रछात्राहरुले सहभागिता जनाएका थिए । जसमध्य ३१ जनाले सिङ्गल ग्रेड प्राप्त गरेका छन भने २ जनाले डबल ग्रेड प्राप्त गरेका छन । डबल ग्रेड प्राप्त गर्नेहरुमा सफल न्यौपाने र आशिष ददेल रहेका छन् ।


डिभाईन टेम्पल एकेडेमीमा विगत ७ बर्ष देखि तेक्वान्दो कक्षा नियमित संचालन भईरहेको छ भने गत बर्षको राष्ट्रपति रनिङ शिल्डमा डिभाईन टेम्पल एकेडेमीका छात्रछात्राहरुले २ स्वर्ण र १ कास्य पदक प्राप्त गरेका थिए ।

खेलकुदले अनुशासित, आत्मरक्षा र उच्च मनोबल बढाउने भएकोले पनि खेलकुदमा जोड दिएको फाउन्डेसनका संस्थापक न्यौपानेले बताउनुभयो । ग्रेडिङ भएकोमा विद्यार्थीहरु उत्साहित भएका थिए ।